दफा
विद्युतीय अभिलेखको प्रामाणिकता
(१) यस दफाको अधीनमा रही कुनै पनि ग्राहकले आफ्नो डिजिटल हस्ताक्षरद्वारा कुनै विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्ने कार्य गर्दा त्यस्तो विद्युतीय अभिलेख अर्को विद्युतीय अभिलेखमा हस्तान्तरण हुने कार्य एसिमेट्रिक क्रिप्टो सिस्टम र ह्यास फङ्कशनको प्रयोगबाट भएको हुन आवश्यक हुनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “ह्यास फङ्कशन” भन्नाले उही अभिलेखलाई आगतको रुपमा प्रयोग गरी प्रत्येक पटक अलगोरिदमलाई कार्यान्वयन गर्दा कुनै अभिलेखबाट उही रुपमा ह्यास परिणाम निस्कने, अलगोरिदमबाट उत्पन्न ह्यास परिणामबाट कुनै अभिलेख प्राप्त गर्न वा पुन संरचना गर्न सकिने भन्ने कुरा गणनाको दृष्टिबाट सम्भव नहुने र अलगोरिदम प्रयोग गरी उही ह्यास परिणाम उत्पन्न गर्ने दुई अभिलेखहरु प्राप्त गर्न गणनाको दृष्टिबाट सम्भव नहुने गरी अलगोरिदमको नक्साङ्कन गर्ने वा बिटहरुको एउटा श्रृङ्खलाबद्ध क्रमलाई सामान्यतया सानो अर्को समूहमा रुपान्तर गर्ने कार्य सम्झनु पर्छ ।
(३) कुनै पनि व्यक्तिले ग्राहकको सार्वजनिक साँचोको प्रयोग गरी विद्युतीय अभिलेखको सम्पुष्टि गर्न सक्नेछ ।